चिनियाँ रेडक्रसको एक लाख डलर हस्तान्तरण
चीनको रेडक्रस समाजले नेपाल रेडक्रसलाई एक लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ । गतसाता भोटेकोशीमा आएको बाढीका कारण रसुवामा भएको जनधनको क्षतिमा मानवीय सहायतास्वरुप चीनले उक्त रकम उपलब्ध गराएको हो ।
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चिनियाँ रेडक्रस समाजले उपलब्ध गराएको उक्त रकम आज नेपाल रेडक्रसलाई हस्तान्तरण गर्नुभएको छ । समाजले रसुवामा बाढीबाट पीडितलाई मानवीय सहयोग उपलब्ध गराउँदै नेपाली जनताको सुख दुःखमा सँधै साथ रहने जनाएको छ ।
बाढीमा १२ जनाको ज्यान गएको छ भने डेढ दर्जनबढी हराएका छन् । दर्जनौं मालबाहक कन्टेनर, विद्युतीय गाडी बगेको छ । सडक, पुल बगाएको छ भने भन्सार, सुख्खा बन्दरगाह र जलविद्युत परियोजनामा ठूलो क्षति पुगेको छ ।
टिप्पणीहरू