घुस काण्डमा मुछिएका मन्त्री ३ बजे बोल्ने
‘घुस काण्ड’ मा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । दिँउसो ३ बजे मन्त्रालयमै उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
आर्थिक वर्ष २०८१–८२ मा मन्त्रालयबाट भएका कार्यसम्पादनको विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता सहसचिव गणेशप्रसाद भट्टले बताए । जनआस्थासँग उनले भने,‘मन्त्रीज्यूले गत आर्थिक वर्षमा मन्त्रालयबाट भएका कार्यसम्पादनबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।’
पोखरामा एक सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्नका लागि मन्त्री क्वार्टरमै बिचौलियामार्फत ३२ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएपछि मन्त्री अधिकारी विवादमा तानिएका छन् । उनले पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेको छ ।
उनीमाथि छानबिनको माग गर्दै सिन्धुलीका युवराज सफलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गरेका छन् ।
टिप्पणीहरू