सशस्त्रका हाकिमहरुको फुली थपिँदै

सशस्त्रका हाकिमहरुको फुली थपिँदै

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सम्भाव्य प्रहरी उपरीक्षक (एसपी) सँग शैक्षिक प्रमाणपत्रलगायत आवश्यक कागजात मागिएको छ । गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले १५ दिनभित्र मूल्याङ्कन फाराम भरेर शैक्षिक योग्यतालगायतका प्रमाणपत्र बुझाउन भनेको छ । 

सचिवालयले हिजो एक सूचना जारी गर्दै सशस्त्र प्रहरी नियमावली,२०७२ को नियम ५१ सँग सम्बन्धित अनुसूची–१३ बमोजिम मूल्याङ्कन पत्र पेश सूचित गराएको छ । सशस्त्र प्रहरी सेवा, साधारण समूह,साधारण उपसमूहतर्फ एसएसपीमा हाल केही पद रिक्त छ भने केही पद रिक्त हुनेवाला छ । हिजो बसेको समितिको बैठकले नियमावलीको नियम ९ को उपनियम (१) को (क) बमोजिम बढुवाद्धारा रिक्त पदमा पदपूर्ति गर्ने निर्णय गरेको हो । 

बढुवा समितिका सदस्य सचिव अतिरिक्त महानिर्देशक (एआइजी) वंशीराज दाहालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,‘सशस्त्र प्रहरी सेवा,साधारण समूह,उपसमूहतर्फ हाल रिक्त रहेको एवं विविध कारणले रिक्त हुन आउनेसमेत गरी केही रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम (१) को (क) बमोजिम बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले ऐ.नियमावलीको नियम ४० बमोजिम बढुवाका सम्भाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरी सेवा,साधारण समूह, साधारण समूह, साधारण उपसमूहतर्फका सशस्त्र प्रहरी उपरीक्षकहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायतका बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरु संलग्न गरी ऐ.नियमावलीको नियम ५१ सँग सम्बन्धित अनुसूची–१३ बमोजिमको मूल्याङ्कन फाराम भरि यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र श्री गृह मन्त्रालय, बढुवा समितिको सचिवालयमा पेश गर्नहुन...।’

टिप्पणीहरू