एमालेमा भगवतीको जिम्मा गोपाललाई

एमालेमा भगवतीको जिम्मा गोपाललाई

नेकपा (एमाले) ले सांसद गोपाल भट्टराईलाई राष्ट्रिय सभामा सत्ता पक्षको प्रमुख सचेतकमा नियुक्त गरेको छ । संघीय संसदीय दलको कार्यालयले उनलाई उक्त जिम्मेवारी दिएको जानकारी गराएको छ । 

एमाले संसदीय दलको विधान, २०७७ र संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ बमोजिम भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरिएको कार्यालयले जनाएको छ । 

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् । अध्यक्ष ओलीद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ,‘तपाईँलाई राष्ट्रिय सभामा सत्ता पक्षको प्रमुख सचेतक पदमा मिति २०८२–०४–०१ गतेदेखि लागू हुनेगरी मनोनयन गरेको छु । विधानबमोजिम काम, कर्तव्य र अधिकार इमान्दारितापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएसँगै सो पद रिक्त थियो ।

टिप्पणीहरू