म कम वुद्धि भएको मानिस हुँ : प्रधानमन्त्री

म कम वुद्धि भएको मानिस हुँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भावनामा बगेर काम गर्दा कयौँ पटक धोका खाएको बताउनुभएको छ । चाँडै विश्वास गर्ने बानी नै आफ्नो सबैभन्दा ठूलो कमजोरी रहेको उहाँको भनाइ छ । 

एक भिडियो अन्तर्वार्तामा उहाँलाई सोधिएको छ, ‘तपाईंको सबैभन्दा ठूलो कमजोरी के हो ?’ जवाफमा ओली भन्नुहुन्छ, ‘म मान्छेले भनेपछि चाँडै विश्वास गर्छु, र धोका खान्छु । कहिलेकाहीँ भावनाले काम गर्छु, त्यतिबेला म मान्छेप्रति बढी विश्वस्त हुन्छु, तर कालान्तरमा गएर के हुन्छ भने मैले के ठानेको थिएँ, के निक्ल्योजस्तो लाग्छ । यही मेरो ठूलो कमजोरी हो ।’

एमाले अध्यक्षसमेत रहनुभएका ओलीले आफूलाई अलि कम बुद्धि भएको तर इमानदार मानिसको रूपमा चिनाउनुभयो । ‘म हरेक गोल पोष्टमा हान्ने खेलाडी होइन, मेरा पनि गोलहरु मिस हुन्छन्, म अलि कम बुद्धि भएको मानिस हुँ, तर इमान बढी भको मान्छे ।’

राजनीति शुरु गरेदेखि आजसम्म कहिल्यै देशको हितविपरित काम नगरेको उहाँको दावी छ । भन्नुभयो, ‘मैले कहिल्यै गल्ती गरेको छैन, कुनै बेइमानी गरेको छैन, जिन्दगीमा पश्चाताप हुने काम मबाट भएको छैन ।’

टिप्पणीहरू