रसुवाको क्षतिग्रस्त पुल र सडक पुननिर्माणमा चीनको चासो

रसुवाको क्षतिग्रस्त पुल र सडक पुननिर्माणमा चीनको चासो

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चीनका राजदूत छन सोङबीच भएको भेटवार्तामा रसुवागढीको पुल र स्याफ्रुबेसीसम्मको सडक निर्माणबारे कुराकानी भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हिजो भएको भेट हालैको बाढीका कारण क्षतिग्रस्त संरचना पुनर्निमाणमा केन्द्रित थियो ।

चिनियाँ पक्षले क्षतिग्रस्त पुल र सडक पुनःनिर्माणमा चासो देखाएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । सीमानाकामा तत्काल अस्थायी मितेरी पुल बनाएर दुई मुलुकबीच यातायात सुचारु गराउने तयार भएको बुझिएको छ ।

सीमामा अस्थायी पुल दशैंअघि बनाउनेबारे विस्तृत रुपमा कुराकानी भएको हो । प्रत्युत्तरमा राजदूत छनले काठमाडौ–चक्रपथ दोस्रो खण्ड विस्तार छिट्टै थालिने जानकारीसमेत दिनुभएको छ ।

टिप्पणीहरू