च्यासलमा पहिले पूर्वराष्ट्रपति, लगत्तै प्रधानमन्त्री
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालय च्यासल पुग्नुभएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि उहाँ त्यहाँ पुग्नुभएको हो ।
दिउँसो ३ बजे हुने भनिएको भेटवार्ता ४ बजे शुरु भएको छ । प्रधानमन्त्रीभन्दा केहीबेर अघि पूर्वराष्ट्रपति भण्डारी त्यहाँ पुग्नुभएको हो ।
सक्रिय राजनीतिमा फर्किएको घोषणापछि उहाँ आज एमाले केन्द्रीय कार्यालय पुग्नुभएको हो । आगामी नेतृत्वको लागि उमेर हद र दुई वर्षे कार्याकालको प्रावधानले पार्टीमा बहस छेडेको बेला हिजो सम्पन्न पोलिटब्युरो बैठकले पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गर्ने निर्णय गरेको थियो ।

टिप्पणीहरू