राजीनामा दिएका मन्त्रीलाई अख्तियारले बोलायो
बिचौलियासँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछका लागि बोलाएको छ ।
घुस काण्डको उक्त अडियोबारे अनुसन्धान गर्न उनलाई अख्तियारमा हाजिर गराउन लागिएको बुझिएको छ । अख्तियार स्रोतका अनुसार अडियोमा भएको आवाजको वास्तविकता परीक्षण गर्न गुप्तालाई बोलाइएको हो ।
मालपोत कार्यालय कास्कीका अधिकृतको सरुवाबारे विचौलिया भनिएका व्यक्ति र गुप्ताबीचको फोन संवाद बाहिरिएको थियो । चौतर्फी दबाबपछि उनले राजीनामा दिएका थिए ।
टिप्पणीहरू