चाक्सीबारीको निष्कर्ष सुनाउन कांग्रेस नेताहरू बूढानीलकण्ठमा
नेपाली कांग्रेसका सात पूर्व पदाधिकारी सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । हिजो चाक्सीबारीमा भएको छलफल र त्यसको निष्कर्ष सुनाउन उनीहरु बूढानीलकण्ठ गएका हुन् ।
हिजो उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नीजि निवासमा भेला भएका कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, विमलेन्द्र निधि, गोपमानमा श्रेष्ठ, विजय गच्छदार र डा प्रकाशशरण महतले नेकपा (एमाले)सँगको सत्ता सहकार्यले पार्टीलाई हानी पुर्याइरहेको निष्कर्ष निकालेका थिए ।
त्यस्तै, पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले अपेक्षित नतिजा दिन नसकेको र दुई दलबीचको सात बुँदै सहमति काजगमा मात्र सिमित रहेको उनीहरुको ठहर थियो । यी सबै कुरामा सभापति देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेका उनीहरु सोही सन्देश पुर्याउन पुगेका हुन् ।
टिप्पणीहरू