चार लाखका लागि सात पुस्तक छनोटमा

चार लाखका लागि सात पुस्तक छनोटमा

‘मदन पुरस्कार-०८१’ को लागि सात पुस्तक छनोटमा परेका छन् । मदन पुरस्कार गुठीले वर्षभरी प्रकाशित भएका पुस्तकहरुबाट श्रेष्ठ सूची तयार पारेको हो । 

छुदेन काविमोको ‘उरमाला’, रमेश भुसालको ‘छालबाटो (कैलाशदेखि गंगासम्म)’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, ‘मनप्रसाद सुब्बाको ‘पञ्चतत्वको पालाम’ र श्रेयज सुवेदीको ‘बहुरुपी’ छनोटमा परेका छन् । त्यस्तै, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’, र तीर्थ गुरुङको ‘हिँउको गीत’ पनि सूचीमा छन् । 

उल्लेखित पुस्तकमध्ये एउटाले मदन पुरस्कारको उपाधि जित्नेछ । पुरस्कारको राशी चार लाख छ ।

टिप्पणीहरू