रञ्जिता श्रेष्ठ पनि बयान दिन अख्तियारमा
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष तथा तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेकी छिन् । आफ्नो नाम जोडिएको घुसको विषयमा बयान दिनका लागि उनी केही बेरअघि अख्तियार पुगेकी हुन् ।
बिचौलियासँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि छानबिन भइरहेको छ । छानबिनको क्रममा रञ्जिताको पनि संलग्नता भेटेपछि अख्तियारले उनलाई बयानमा बोलाएको हो ।
टिप्पणीहरू