प्रहरी कर्मचारीसँग फोन सुविधाबारे राय माग

प्रहरी कर्मचारीसँग फोन सुविधाबारे राय माग

नेपाल प्रहरीले ‘कर्पोरेट युजर ग्रुप (सियुजी)’ सेवासम्बन्धी कुनै सुझाव वा गुनासो भएमा पठाउन आग्रह गरेको छ । उक्त सेवाको विषयमा नेपाल टेलिकमसँग छलफल गर्नुपर्ने भएको उल्लेख गर्दै प्रहरी मुख्यालयले आफ्ना कर्मचारीलाई कुनै सुझाव वा गुनासो भएमा पठाउन भनेको हो । 

आज कार्यालय समयभित्र इमेल वा ९८५१२८०७२२ नम्बरमा एसएमएस वा वाट्सएप गर्न भनिएको छ । ‘उक्त सेवा सम्बन्धमा थप छलफल गर्नुपर्ने भएकोले हाल पाइरहेको सेवासुविधालगायतका विषयमा केही सुझाव तथा गुनासो भएमा आजै कार्यालय समयभित्र इमेल वा ९८५१२८०७२२ नम्बरमा एसएमएस वा वाट्सएप गरी पठाउनुहुन’,पत्रमा उल्लेख छ । 

युजी सेवाका लागि टेलिकम र प्रहरीबीच २०६८ असोज १० गते सम्झौता भएको थियो ।

सियुजी सेवाका लागि टेलिकम र प्रहरीबीच २०६८ असोज १० गते सम्झौता भएको थियो । प्रहरीले हालसम्म सो सेवा प्रयोग गर्दै आएको छ । प्रहरी कर्मचारीहरुलाई सुलभ, सहज, विश्वसनीय,भरपर्दो र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि सो सेवा प्रयोगमा ल्याइएको हो । 

सियुजी सेवामा आबद्ध भई कायम भएको ग्रुपभित्र भएका नम्बरमा कल गर्दा कुनै शुल्क लाग्दैन ।

टिप्पणीहरू