बोलेर बाटो लागे माननीयहरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको सदन बहिष्कार गरेका छन् । दुवै दलका तर्फबाट एक-एक जनाले बोलेपछि पूर्वनिर्धारित विरोधको कार्यक्रमअन्तर्गत सांसदहरू बैठक हलबाट बाहिर निस्किएका हुन् ।
रास्वपाको तर्फबाट बोलेकी सांसद विन्दवासिनी कंशाकरले डेढ महिनादेखि भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविनको माग गर्दै आन्दोलन गरिरहँदा पनि सरकारले बेवास्ता गरेको बताइन् । रास्वपाको आन्दोलन जारी रहेको उनकाे भनाइ छ ।
त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गेदनले सरकार ‘बहिरो‘ भएकाे टिप्पणी गरे । झण्डै दुई महिनादेखि भिजिट भिसा प्रकरणमा छानविन आयोगको माग गरिरहँदा यसबीचमा अन्य काण्डहरु थपिएको उनको भनाई छ ।
‘हामीले चिच्याइ चिच्याइ आन्दोलन जारी राखेका छौ, बाहिर मन्त्रीहरुले घुस डिल गरेको अडियो सार्वजनिक भएको छ’, लिङ्देनले भने, ‘सरकार बहिरो भएको हो ? हो भने जानकारी गराउनुपर्यो, नत्र एकपछि अर्को भ्रष्टाचारका कान्ड थपिएका छन्, सबैको निष्पक्ष अनुसन्धान गर्नुपर्छ ।
आफ्नो कुरा राखेपछि दुवै दलका सांसदहरु बैठक बहिष्कार गरेर निस्किएका छन् ।
टिप्पणीहरू