भ्रष्टाचार आरोपित पूर्वमन्त्रीलाई ‘रेड कार्पेट’, सिडिओलाई पत्र

भ्रष्टाचार आरोपित पूर्वमन्त्रीलाई ‘रेड कार्पेट’, सिडिओलाई पत्र

गृह मन्त्रालयले चार सहसचिवको सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयअनुसार विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख टोकराज पाण्डे रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।

त्यहाँका सिडिओ वासुदेव घिमिरेलाई मन्त्रालय तानिएको छ । सिन्धुपाल्चोकका किरण थापालाई पनि मन्त्रालय तानिएको छ । उनको स्थानमा बन्धु बास्तोलालाई पठाइएको छ ।

सिडिओ थापा पछिल्लो समय भ्रष्टाचार आरोप लागेका पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई रेड कार्पेट ओछ्याएर स्वागत गरेपछि विवादमा तानिएका थिए । पूर्वमन्त्री बस्नेतलाई प्रमुख अतिथि बनाएर आयोजना गरिएको सार्वजनिक कार्यक्रममा सिडिओ थापाले रातो कार्पेट बिछ्याएका थिए, जसको चर्को आलोचना भएपछि उनी विवादमा आएका हुन् ।

त्यसबेला उनले कार्यक्रम जिल्ला समन्वय समितिको रहेको जिकिर गरे पनि आर्थिक व्यवस्थापन जिल्ला प्रशासन कार्यालयले नै गरेको थियो । प्रतिनिधिसभा सदस्यबाट निलम्बित बस्नेतलाई ‘आफ्नै पार्टीको मान्छे भएकाले बोलाइएको हो ?’ भन्ने पत्रकारहरूको प्रश्नमा सिडिओ थापाको जवाफ यस्तो थियो, ‘हामीले पत्र काटेर बोलाएका होइनौँ । उहाँ जिल्लातिरै हुनुहुँदो रहेछ । म आउँछु भन्नुभएपछि नाइँ भन्न सकिएन ।’

नेपाली कांग्रेसनिकट मानिने थापा विवादित भएपछि मन्त्रालय तानिएका हुन् ।

टिप्पणीहरू