दक्षिण अफ्रिकाका लागि राजदूतलाई थप जिम्मेवारी

दक्षिण अफ्रिकाका लागि राजदूतलाई थप जिम्मेवारी

राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत प्रा.डा.कपिलमान श्रेष्ठलाई थप जिम्मेवारी तोक्नुभएको छ । 

उहाँले राजदूत श्रेष्ठलाई केन्या र जिम्बावेका लागि पनि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको हो । 

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई थप जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

टिप्पणीहरू