कास्कीमा हायु फेला,सिन्धुलीमा झनै रेला
सिन्धुलीबाट बेपत्ता भएको हायु परिवार सकुशल कास्कीमा फेला परेको छ । पोखरा महानगरपालिका–३० गगनगौंडास्थित दुई स्थानीयको घरमा १६ जना भेटिएका छन् ।
कास्की प्रहरीका अनुसार स्थानीय चन्द्र भण्डारीको घरमा चार जना र सोमनाथ पौडेलको घरमा बाँकी १२ जना फेला परेका हुन् । उनीहरुले प्रहरीसँग आफूहरु स्वेच्छाले नै गाउँ छाडेर हिँडेको बताएका छन् ।
‘आफ्नो गाउँ मन नपरेको र त्यहाँ धेरै बिरामी भएकाले अर्काे ठाउँ बस्न घर छाडेको उनीहरुले बताएका छन्,’ कास्कीका एसपी श्यामबाबु ओलियाले भने,‘आफूहरु ज्यामी काम गर्ने भनी काम खोज्दै स्थानीयको घरमा पुगेको बुझिएको छ ।’

टिप्पणीहरू