सर्वोच्चबाट गर्मी खान को–को बाहिर पठाइए
न्याय सेवा आयोगको हिजोको निर्णयअनुसार सचिवदेखि शाखा अधिकृतसम्म एक सय ६९ जना सरुवामा परेका छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार खासगरी उपरजिष्ट्रार र अधिकृतहरू व्यापक सरुवामा परेका छन् । जसमा न्याय समूहका मात्र ८४ उपसचिव र ६३ जना शाखा अधिकृत छन् ।
सरुवाको निर्णय अनुसार काठमाडौंमा रहेका अधिकांश अधिकृतलाई बाहिरी जिल्ला (विशेषगरी मधेश) मा पठाइएको छ भने बाहिरकालाई काठमाडौं तानिएको छ । सर्वोच्चको इजलास अधिकृतका लागि सरुवा भएकामा धादिङ जिल्ला अदालतका स्रेस्तेदार माधव भण्डारी, चितवनका विष्णुप्रसाद आचार्य, नवलपुरका गम्भीर घिमिरे, काभ्रेपलाञ्चोक जिल्ला अदालतका कर्णबहादुर राई, काभ्रेकै इन्दिरा कार्की र बाँकेका गोविन्द आचार्य छन् ।
यता, सल्यानका स्रेस्तेदार नारायणप्रसाद चापागाईं, नवलपरासीका जानकीरमण यादव, तेह्रथुमका ऋतु राई, खोटाङका सीताराम खड्का, सिन्धुलीका विदुरप्रसाद कोइराला, ओखलढुंगाका विनोदप्रसाद घिमिरे, बाराका लालबहादुर कार्की, बर्दियाका कपिल पौड्याल, सुर्खेतकी निर्मलाकुमार खड्का, धनुषाका कैलाशप्रसाद भट्टराई, म्याग्दीका भोलाराज रेग्मी, दाङका दामोदर घिमिरे, गुल्मीका सुदर्शन खनालले पनि सर्वोच्चमा मौका पाएका छन् । यसअतिरिक्त इलामका इन्द्रकुमार श्रेष्ठ, सोलुखुम्बूका विकासकुमार रजक, डोल्पाका पुष्कलराज प्रसाईं, लमजुङका भेषराज पौडेल, महोत्तरीका नुतन झा, डडेल्धुराका दामोदर रेग्मी, नुवाकोटका विमलप्रसाद पराजुली, धनुषाका तहसिलदार रामसजिवन महतो, रसुवाकी शुभद्रा जिसी, नुवाकोटकी तहसिलदार दीपा न्यौपाने, पोखराका सुरेन्द्र थापा, बाराका सन्दीप सापकोटा, ताप्लेजुङकी विष्णुकुमारी राई पनि सर्वोच्च भित्रिएका छन् ।
महोत्तरीका तहसिलदार सुनिलकुमार यादव काभ्रेकी कविता दाहालले उच्च अदालत पाटनमा सरुवाको मौका पाउँदा सप्तरीका स्रेस्तेदार कृष्ण प्रसाद अधिकारी बबरमहलस्थित फैसला कार्यान्वयन निर्देशनालयमा दोलखाकी सुरुचि हमाल काठमाडौं अदालत, धनुषाका अधिकृत डम्बरप्रसाद घिमिरे, बर्दियाका स्रेस्तेदार नगेन्द्र चौलागाईं, रौतहटका उद्धव ढोडारी, धनुषाकै तहसिलदार पुष्पराज तिमल्सिना पनि पाटन आइपुगेका छन् । सुनसरीकी दीपा तिमिल्सिनालाई काठमाडौं, मोरङका रूपा कायस्थलाई काठमाडौं, महोत्तरीका जनकराज शाही फैसला कार्यान्वयन निर्देशनालय, बबरमहल, उच्च अदालत जनकपुरको अस्थायी राजविराज इजलासका चक्रबहादुर रसाइली सुनार काठमाडौँ., जनकपुरकै अस्थायी इजलास वीरगञ्जकी उर्मिला भट्टराई पाटन उच्च अदालत र जुम्ला उच्च अदालतका रजिष्ट्रार गोविन्द घिमिरेलाई बबरमहलस्थित फैसला कार्यान्वयन निर्देशनालयमा पठाइएको छ ।
यता, सर्वोच्चका उपरजिष्ट्रार प्रेमप्रसाद पौडेललाई नवलपुर, विशेष अदालत काठमाडौंका उपरजिष्ट्रार गेहेन्द्र रेग्मीलाई मुगु, उच्च अदालत पाटनका उप रजिष्ट्रार सुरेश के.सी. रामेछाप, सर्वोच्चका इजलास अधिकृत कृतिबहादुर बस्नेत सोलुखुम्वु, सर्वोच्चका उपरजिष्ट्रार कृष्णशोभा सुवाल हुम्ला, सर्वोच्चका उपरजिष्ट्रार बद्रिप्रसाद लामिछाने हेटौंडा उच्च अदालत, सर्वोच्चका शाखा अधिकृत राजेन्द्र लुईंटेल धादिङ, सर्वोच्चका अन्य इजलास अधिकृतहरू भुपाल भण्डारी दाङ, इन्द्रकुमार योङहाङ धनकुटा, रामचन्द्र मण्डल (खत्वे) खोटाङ र नरहरी ढकाल तेह्रथुम पुगेका छन् । सर्वोच्चकै इजलास अधिकृतहरू दिपक पोखरेल धनुषा, जगतबहादुर भण्डारी म्याग्दी, प्रेमनरायण पराजुली नवलपरासी, अनन्तराज मरासिनी कपिलवस्तु, कमल घले बर्दिया, गणेशबहादुर बिष्ट डडेल्धुरा, मैना माझीलाई खोटाङ पठाइएको छ ।
सर्वोच्चका उपरजिष्ट्रार देवीराम भण्डारी चितवन, कृष्णप्रसाद भट्टराई गुल्मी, सविनराज पाण्डे ओखलढुंगा, ख्यामनारायण लामिछाने पर्वत, चित्रखर अधिकारी सिन्धुली, फैसला कार्यान्वयनका निर्देशक ज्ञानबहादुर खत्री सर्लाही, सोही कार्यालयकी निर्देशक पुनम काफ्ले कालिकोट, न्यायपरिषद्का उपसचिव रामबन्धु गौतम लमजुङ, ललितपुरका तहसिलदार राजकुमार गुरुङ उच्च अदालत जनकपुर, काठमाडौंका तहसिलदार यादवप्रसाद जोशी पर्सा, काठमाडौंकी अधिकृत शारदा थापा क्षेत्री दोलखा, उच्च अदालत पाटनका नवराज खनाल सिन्धुली, सर्वोच्चकै शाखा अधिकृत युवाचन्द्र घिमिरे बारा र वैदेशिक राजगार न्यायाधीकरणका निजी सहायक विमला पन्थीलाई रामेछाप पुर्याइएको छ ।
टिप्पणीहरू