राजस्व अनुसन्धानको ताला चाबी चिलुवालको हातमा

राजस्व अनुसन्धानको ताला चाबी चिलुवालको हातमा

प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागको महानिर्देशक (डिजी)मा अन्तत: सहसचिव तीर्थ चिलुवालको पल्लाभारी भएको छ । 

आन्तरिक राजस्वबाट प्रधानमन्त्री कार्यालय लगिएका उनलाई विभागको डिजी बनाउने तयारी भैरहेको बताइएको छ । चिलुवालको हिजो प्रधानमन्त्री कार्यालयमा सरुवा भएको हो । स्रोतका अनुसार उनलाई आज भोलि नै चिट्ठी दिइँदैछ । 

असार १३ गते चण्डी प्रसाद घिमिरे ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएसँगै राजस्व अनुसन्धान विभाग नेतृत्वविहीन छ । यसबीच आकांक्षीहरूको चर्को लबिङसँगै स्वार्थ समूहको चलखेलका कारण नयाँ नियुक्तिमा बिलम्ब हुँदै आएको बताइएको थियो । 

यसअघि सहसचिवहरू कोषहरि निराैला, उदय राना, कृष्ण मैनाली लगायत डिजीको दाैडधुपमा थिए । यसमध्ये चिलुवालसँगै हाल बागमती प्रदेशको अर्थ सचिव रहेका मैनालीको नाम पनि चर्चामा थियो । प्रमको गृहजिल्ला झापा, रुपन्देही र काभ्रे लगायतका जिल्लामा सीडीओ भएर काम गरिसकेका सहसचिव हुन् उनी । 

अध्यागमन विभागको महानिर्देशक रहिसकेका कोषहरि पनि राजनीतिक नेतृत्वको रोजाइमा थिए । तर, यी सबैलाई पछि पार्दै राजस्वबारेका जानकार चिलुवालले बाजी मार्न लागेको स्रोतको दाबी छ ।

टिप्पणीहरू