कोशी प्रमुख मलेसिया उडेपछि मधेशकालाई दोहोरो जिम्मेवारी
राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कोशी प्रदेश प्रमुखको पनि जिम्मेवारी तोक्नुभएको छ । कोशी प्रमुख परशुराम खापुङ्ग नेपाल आदिबासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा सहभागी हुन त्यता गएपछि राष्ट्रपति पौडेलले भण्डारीलाई प्रदेश प्रमुखको कार्यभार तोक्नुभएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा खापुङ्गको अनुपस्थितमा प्रदेश प्रमुखको कार्यभार सम्हाल्नेगरी जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
टिप्पणीहरू