दर्जन सार्वजनिक संस्थाका पूर्वकर्मचारीहरुको भेला

दर्जन सार्वजनिक संस्थाका पूर्वकर्मचारीहरुको भेला

एक दर्जन सार्वजनिक संस्थाका पूर्वकर्मचारीहरुले राजधानीमा सामूहिक भेला गरेका छन् । पूर्वकर्मचारीको छाता संगठन सार्वजनिक संस्था पूर्वकर्मचारी समाजमा सम्मिलित विभिन्न ११ वटा संघसंस्थाका पदाधिकारीहरुको भेला टेकूस्थित नेपाल आयल निगमको सभाहलमा सम्पन्न भएको छ । 

भेलाले समाजको प्रथम अधिवेशन आउँदो मंसिर ५ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । नेपाल विद्युत प्राधिकरण पूर्वकर्मचारी समाज, नेपाल आयल निगम पूर्वकर्मचारी मञ्च, नेपाल दूरसञ्चार निवृत्त कर्मचारी समाज, नागरिक उड्डयन पूर्वकर्मचारी समाज, सीटीईभीटी पूर्वकर्मचारी समाजको भेलामा सहभागिता थियो ।

त्यस्तै, नेपाल राष्ट्र बैंक पूर्वकर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक पूर्वकर्मचारी संघ, पूर्वकर्मचारी मञ्च कर्मचारी सञ्चयकोष, कृषि विकास बैंक पूर्वकर्मचारी समाज, बैंक बन्धु मिलन केन्द्र नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थान पूर्वकर्मचारी समाजको पनि सहभागिता रहेको बताइन्छ । उक्त संस्थाको अध्यक्ष राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा राष्ट्र बैंक पूर्वकर्मचारी संघका भूतपूर्व अध्यक्ष सिद्धिकृष्ण जोशी हुन् ।

टिप्पणीहरू