जन्मकैदबाट जोगिन नक्कली नागरिकताकाे सहारा
कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका एक प्रतिवादी नक्कली नागरिकता बनाएर झण्डै दुई दशक जोगिएको खुलासा भएको छ । सुनसरीको बराह नगरपालिका–३, घर भएका सन्दिप धामी भन्ने रुपलाल धामी समातिएपछि उक्त तथ्य खुलेको हो ।
धामीसहित आठ जना प्रतिवादीले २०६३ फागुन १० गते नरेन्द्र मोक्तानलाई पुरानो रिसाईबीका कारण हतियार प्रहार गरेर हत्या गरेका थिए । उक्त घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत सुनसरीले ०७५ फागुन २८ गते धामीलाई जन्मकैदको सजाय सुनाएको थियो ।
त्यसयता फरार उनलाई काठमाडौंको सामाखुशीमा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा उनले बच्नका निम्ति मामा नाता पर्ने नुनलाल धामीलाई बुबा बनाएर नागरिकता बनाएकोसमेत पाइएको छ ।
धामीलाई आवश्यक कारबाहीका निम्ति इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरी पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
टिप्पणीहरू