पञ्चाङ्ग समितिमा हाकिम खोजिँदै

पञ्चाङ्ग समितिमा हाकिम खोजिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढेको छ । छनौट समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । 

खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्नेगरी आवेदन मागिएकोमा योग्यता पुगेका इच्छुकलाई आगामी सात दिनभित्र दरखास्त दिन भनिएको छ ।  ‘योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले यो सूचना प्रकाशन भएको मितिले सात दिनभित्र यस समितिको कार्यालय नारायणहिटी, काठमाडौंमा आवेदन दिनुहुन जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ । 

आवेदन फाराम, उम्मेदवारको योग्यता र अनुभव, पेश गर्नुपर्ने कागजात, परीक्षा विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा राखिएको जनाइएको छ ।
 

टिप्पणीहरू