भक्तपुरमा भ्यागुतालाई भात

भक्तपुरमा भ्यागुतालाई भात

भक्तपुरमा आज भ्यागुतालाई भात खुवाइएको छ । जनैपूर्णिमाको दिन भ्यागुताको विशेष पूजा गरेर भात खुवाउने पुरानो परम्परा मनाउने क्रममा स्थानीयले आज खेतबारीमा लगेर भ्यागुतालाई दालभात, तरकारी खुवाएका हुन् ।

भ्यागुतालाई पाहुना मान्दै आजको दिन भक्तपुरका किसानले खेतबारीमै मिठा परिकार लैजाने चलन छ । भ्यागुताले खेतमा मल फिँजाउने, बालीनालीको संरक्षण गर्ने भएकाले पूजा गर्ने चलन शदियौंदेखि कायम छ । 

विशेषगरी भक्तपुरका नेवार समुदायमा यो परम्परा अहिले पनि प्रचलनमा छ ।
 

टिप्पणीहरू