पूर्वमा चर्च ब्वाईज क्लब विजयी
ताप्लेजुङमा भइरहेको तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाईज क्लब ललितपुर विजयी भएको छ । प्रतियोगिताको तेस्रो खेलमा आज लिजेण्ड फुटबल एकेडेमी सिलिगुडी, भारतलाई शून्यको विरुद्ध १ गोल गर्दै चर्च ब्वाईज विजयी भएको हो ।
जीतसँगै चर्च ब्वाईज ललितपुर सेमिफाइनलमा पुगेको छ । भानु माध्यमिक विद्यालयको खेलमैदानमा भइरहेको प्रतियोगिताको सेमिफाइनल पर्सि द योङ ब्रदर्स क्लब इटहरी र चर्च ब्वाईज क्लब ललितपुरबीच हुने छ । भोलि सलहेश युवा क्लब सिरहा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुँदै छ ।
टिप्पणीहरू