युवतीसँग नाइट क्लबमा नाच्ने मन्त्रीका पिए हटाइए

युवतीसँग नाइट क्लबमा नाच्ने मन्त्रीका पिए हटाइए

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका स्वकीय सचिव लोकबहादुर भण्डारी पदमुक्त भएका छन् । मन्त्रालयले भण्डारीलाई हिजोदेखि लागू हुने गरी पदमुक्त गरिएको जनाएको छ ।

मन्त्रीको निजी सचिवालयमा कार्यरत भण्डारीको कार्यशैली र क्रियाकलापप्रति सार्वजनिक रूपमा प्रश्न उठेपछि सो निर्णय गरिएको भनिएको छ । पत्रमा लेखिएको भाषा औपचारिक भए पनि हिजो बिहान जनआस्था डट कममा निजी सचिव भण्डारीले जनै पूर्णिमाको दिन राजधानीको एउटा नाइट क्लबमा युवतीलाई बोक्दै उचाल्दै नाचेको भिडियोसहित समाचार प्रकाशित भएपछि उनलाई दिउँसो हटाइएको स्रोतको दावी छ ।

उक्त समाचार र भिडियोलाई लिएर हिजो दिउँसो भण्डारीका एक जना नातेदारले मोबाइल नम्बर ९७४८८७१५२५ बाट चर्कोे भडास पोखेका थिए । 

उनलाई बुझाइएको पत्रमा लेखिएको छ, ‘माननीय मन्त्रीज्यूको सचिवालयमा रही कामकाज गर्दा गरिएको क्रियाकलापप्रति सार्वजनिक रूपमा प्रश्न उठेकाले तपाईंलाई स्वकीय अधिकृत पदबाट आजकै मितिदेखि लागू हुनेगरी पदमुक्त गरिएको जानकारी गराइन्छ ।’ मन्त्रालयका उपसचिव तथा निजी सचिव सुमन धितालद्वारा हस्ताक्षरित पत्रको बोधार्थ प्रधानमन्त्रीको निजी सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत दिइएको बुझिएको छ ।

उक्त समाचार र भिडियोलाई लिएर हिजो दिउँसो भण्डारीका एक जना नातेदारले मोबाइल नम्बर ९७४८८७१५२५ बाट चर्कोे भडास पोखेका थिए । जनआस्थाकर्मीले सम्बन्धित व्यक्तिले आफ्नो समाचारबारे चासो राख्नुपर्ने जवाफ दिएपछि भण्डारी थरका ती व्यक्ति झन चर्किए ।

बुझिएअनुसार अनावश्यक रुपमा आक्रोश पोख्ने व्यक्ति सञ्जु भण्डारी हुन् । मन्त्री र निजी सचिव भण्डारीका नजिकका नातेदार उनी बैतडी, पाटन क्याम्पस स्ववियुका सभापति हुन् ।

याे पनि...

डोरो बाँधेर जनै फेरेलगत्तै मन्त्रीका पिए युवतीसङ्ग छमछम

 

टिप्पणीहरू