प्रहरीका नौ जना हाकिमको जिल्ला  र काम हेरफेर

प्रहरीका नौ जना हाकिमको जिल्ला  र काम हेरफेर

प्रहरी प्रधान कार्यालयले नौ जना उपरीक्षक (एसपी) को सरुवा गरेको छ । त्यसमध्ये ऋषिराम कँडेललाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी केन्द्रीय विशेष कार्यदल, काठमाडौंमा र प्रदेश प्रहरी कार्यालय पोखराका टेकबहादुर कार्की क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा खटाइएको छ ।

कञ्चनपुरस्थित प्रदेश कार्यालयको अपराध अनुसन्धान महाशाखाका पदमबहादुर विष्टलाई पहरा गण सामाखुशी,कोशी प्रदेश कार्यालयका बिपिन रेग्मीलाई हेडक्वार्टरको प्रबन्ध शाखा,जिल्ला प्रहरी कार्यालय तनहुँका बीरेन्द्रबहादुर शाहीलाई साईबर ब्यूरो अपराध अनुसन्धान शाखामा लगिएको छ । 

साईबरका भेषराज रिजाललाई जिल्ला प्रहरी कार्यालय धादिङ,सुदूर पश्चिम प्रदेश प्रहरी गणका सरोज पौडेललाई जिल्ला प्रहरी कार्यालय बर्दिया र जिल्ला प्रहरी कार्यालय उदयपुरका हरिहरनाथ योगीलाई अपराध अनुसन्धान शाखा कञ्चनपुर र योगीको ठाउँमा कर्णाली प्रदेश प्रहरी गणका राजन चापागाईंलाई सरुवा गरिएको जनाइएको छ ।

टिप्पणीहरू