लोमसको टिनिडाजोल गुणस्तरहीन
काठमाडौंस्थित लोमस फार्मास्युटिकलद्धारा उत्पादित टिनिडाजोल ट्याब्लेट गुणस्तरहीन भेटिएको छ । बजार अनुगमनका क्रममा उक्त ट्याब्लेट न्यून गुणस्तरको पाइएको औषधि व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार ब्याच नम्बर टीजे ३–०१२३ नम्बरको टिनिडाजोल ट्याब्लेज कम गुणस्तर भएको भेटिएको छ । उक्त ट्याब्लेट बजारबाट तत्काल फिर्ता लैजान विभागले निर्देशन दिएको छ ।
सूचनामा भनिएको छ, ‘उक्त औषधि औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण यस विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुलाई जानकारी गराइन्छ ।’
सो औषधिको सिफारिस, बेचबिखन तथा प्रयोग नगर्न पनि विभागले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।
टिप्पणीहरू