एक घण्टाअगावै अध्यागमन प्रवेश गर्न अनुरोध

एक घण्टाअगावै अध्यागमन प्रवेश गर्न अनुरोध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उड्ने यात्रुले उडान समयभन्दा कम्तीमा एक घण्टाअगाडि अध्यागमन क्षेत्रमा प्रवेश गर्नुपर्ने भएको छ । 

विमानस्थलको प्रस्थानतर्फको अध्यागमन डेस्कमा विशेषत: रातको समयमा यात्रुहरुको अत्यधिक चाप रहने गरेको भन्दै एयरपोर्टस्थित अध्यागमन कार्यालयले एक घण्टाअगावै आइपुग्न आग्रह गरेको हो । 

कार्यालयले सूचना जारी गर्दै सबै अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीलाई पनि उडान समयभन्दा कम्तीमा एक घण्टाअगावै यात्रुलाई चेकइन गराई अध्यागमनतर्फ प्रवेश गराउन सूचित गरेको छ । 

‘सबै अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई उडान समयभन्दा कम्तीमा एक घण्टाअगावै यात्रुलाई चेकइन गराई अध्यागमनतर्फ प्रवेश हुने व्यवस्था गरी सहजीकरण गर्न अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ, ‘यस अवस्थालाई मध्यनजर गरी सम्पूर्ण यात्रुलाई उडान समयको कम्तीमा एक घण्टाअगाडि नै प्रस्थानतर्फको अध्यागमन क्षेत्रमा प्रवेश गरी अध्यागमनको कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ ।’

टिप्पणीहरू