रेशम समूहको कारवाहीमा परेकी रञ्जिताले हटाइन् दलको नेता

रेशम समूहको कारवाहीमा परेकी रञ्जिताले हटाइन् दलको नेता

नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका नेता गंगाराम चौधरी कारवाहीमा परेका छन् । 

निर्वाचन आयोगको निर्णयले अध्यक्षमा पुनर्वहाली भएलगत्तै रञ्जिता श्रेष्ठले उनीमाथि कारवाहीको डण्डा चलाएकी हुन् । रेशम चौधरी खेमाका गंगारामलाई तीन वटा कारण देखाएर पार्टीको पदाधिकारी र दलको नेताबाट हटाइएको छ ।

अध्यक्ष रञ्जिताले संसद सचिवालयलाई पठाएको पत्रमा संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले पार्टीको विधान मिचेर केन्द्रीय कमिटीको बैठक बोलाएकाले कारवाही गर्नुपरेको उल्लेख छ । 

त्यस्तै, निर्वाचन आयोगको निर्णय विपरीत महासचिव पद उल्लेख गरी पार्टीको छाप र लेटरप्याड दुरुपयोग गरेको, दल त्याग गरिसकेका एवम् केन्द्रीय कमिटी पदाधिकारी नरहेका व्यक्तिलाई बैठकमा सामेल गराएको आरोप पनि गंगाराममाथि थोपरिएको छ । 

प्रक्रिया पुर्याउन कारवाहीअघि गंगारामलाई स्पष्टीकरण सोधिएको थियो । तर, उनले आरोप-प्रत्यारोपयुक्त जवाफ दिएको र त्यसपछि पुन: अर्को प्रष्टीकरण मागिएकोमा जवाफ नदिएको रञ्जिताले संसद सचिवालयलाई जानकारी गराएकी छन् ।

टिप्पणीहरू