पहिरोले अवरुद्ध सडक सुचारु
नारायणगढ–मुग्लिन सडक खण्डको इच्छाकामना–५ स्थित तुइनखोलामा खसेको पहिरोले अवरुद्ध सडक सुचारु भएको छ ।
आज बिहान सवा चार बजेतिर सुक्खा पहिरो खसेर आवागमन अवरोध भएको थियो । पहिरो पन्छाएर सडक खुला भैसकेकोमा नौ बजेतिर पुन: ठूलो पहिरो खसेपछि दुबैतर्फी बाटो अवरुद्ध भएको थियो ।
करिब तीन घन्टापछि सडक दुवैतर्फी रुपमा खुला भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ ।
टिप्पणीहरू