अनुपजङ्गले युध्दकार्य सम्हाल्दै
पाँच जना जर्नेलको सरुवा,काज नियुक्ति गरिएको छ । चार जना दुई तारे जर्नेल (उपरथी) र एक जना एक तारे जर्नेल (सहायक रथी) लाई नयाँ जिम्मेवारी तोकिएको छ ।
प्राप्त जानकारीअनुसार उत्तर पश्चिम पृतना हेडक्वार्टर,सुर्खेतका उपरथी अनुपजंग थापालाई अतिरिक्त समूहमा राखेर सैनिक सचिव विभागमा लगिएको छ । भावी सेनापतिका रुपमा चिनिने उनी सम्भवत: भदौ ४ गतेदेखि युध्दकार्य महानिर्देशकको जिम्मेवारीमा रहनेछन् । त्यस्तै सुदूर पश्चिम पृतना हेडक्वार्टरका उपरथी प्रकाश देउजालाई प्रबन्धरथी विभागको जिम्मेवारी दिइएको छ ।
अर्का उपरथी दिनेश जंगलाई प्रबन्धरथी विभागबाट उत्तर पश्चिम पृतना हेडक्वार्टरको निमित्त पृतनापति बनाइएको छ । उपरथी किरण केसीलाई निरीक्षण अधिकृत विभागबाट सुदूर पश्चिम पृतना हेडक्वार्टरको निमित्त पृतनापतिमा सरुवा गरिएको छ ।
जङ्गी असबाब निर्देशनालयका सहायक रथी भोलानाथ थापाको जिम्मेवारी निरीक्षणाधिकृत विभागमा निमित्तका रूपमा भएको छ ।
टिप्पणीहरू