विद्याको पक्षमा एमाले नेता- कार्यकर्ताको ओइरो, राज्यमन्त्री पनि  लाइनमा

विद्याको पक्षमा एमाले नेता- कार्यकर्ताको ओइरो, राज्यमन्त्री पनि  लाइनमा

काठमाडौंबाट विराटनगर पुग्नुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको विमानस्थलमा भव्य स्वागत गरिएको छ । सयौं एमाले नेता तथा कार्यकर्ताले विमानस्थल बाहिर लाइन लागेर उहाँको स्वागत गरेका छन् ।

एमाले संगठित सदस्य तथा पूर्व उपाध्यक्ष भण्डारीलाई विराटनगर विमानस्थलमा स्वागत गर्नेमध्ये मुख्यगरी कोशी प्रदेश सरकारमा राज्यमन्त्री रहेकी सृजना राई,एमाले नेता विनोद ढकाल, एमाले मोरङका सचिव सोमराज थापालगायत छन् । 

त्यसैगरी एमाले पूर्व प्रदेश सभा सदस्य यशोदा तिम्सिना,एमाले मोरङ उपाध्यक्ष सागर थापा,एमाले कोशी प्रदेश समितिका राजकुमार भण्डारीले पनि विमानस्थल पुगेर स्वागत गरेका छन् । 

पूर्व राष्ट्रपति भण्डारी विराटनगरबाट प्रकाशित उद्घोष दैनिकको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन काठमाडौंबाट त्यहाँ जानुभएको हो । साढे १२ बजे सौर्य एयरबाट विराटनगर ओर्लिंदा उहाँको भव्य स्वागत भएको हो ।

टिप्पणीहरू