स्वर्णिम र शिशिर पुगे होटल द्वारिकाज

स्वर्णिम र शिशिर पुगे होटल द्वारिकाज

रास्वपा उपसभापति स्वर्णिम वाग्ले र विदेश विभाग प्रमुख शिशिर खनाल बत्तीसपुतलीस्थित होटल द्वारिकाज पुगेका छन् । उनीहरुले भारतीय विदेश सचिव विक्रम मिश्रीसँग केहीबेरअघि भेटवार्ता गरेको बताइन्छ ।

दुई दिने नेपाल भ्रमणमा आएका मिश्रीले हिजो उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । आज होटलमा उनले रास्वपा र मधेशवादी दलका नेताहरूसँग भेट गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन हिजो बिहान यता आएका उनी अहिले नयाँ दिल्ली फर्कंदै छन् ।

टिप्पणीहरू