पत्रकार र वकीलबीच सहमति
फाइल फाेटाे
गुठीको जग्गालाई लिएर जनकपुरमा पत्रकार र कानून व्यवसायीबीच भएको विवाद अन्ततः सहमतिमै टुंगिएको छ । नेपाल पत्रकार महासंघ र नेपाल बार एसोसिएसनद्वारा गठित उच्चस्तरीय वार्ता समितिले संवादबाट विवाद निरुपण गरेको हो ।
सोहीअनुरुप महासंघको मधेश प्रदेश सिमित र एसोसिएशनको जनकपुर समितिबीच सहमति भएको छ । सहमतिपत्रमा गुठी संस्थाबाट लिजमा प्राप्त जग्गा दुवैले बाँडफाँट गर्ने उल्लेख छ । जसअनुसार चार कठ्ठा जग्गामध्ये एक कठ्ठा एक धुर पार्किङको लागि एसोसिएसन र बाँकी जग्गामा महासंघले आफ्नो बहुउद्देश्यीय काममा लागि उपयोग गर्ने छ ।
यस्तै, दुवै पक्षबीच दुई दिनभित्र एकअर्काविरुद्धका सबै कानूनी कारबाही फिर्ता लिने वा कानूनबमोजिम निष्क्रिय बनाउने, एकअर्काप्रति सामाजिक सञ्जालमा आलोचनात्मक पोस्ट नगर्ने पनि सहमति भएको छ । सहमतिपत्रमा महासंघका मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जारा र एशोसिएशनका जनकपुर अध्यक्ष अधिवक्ता विकलकुमार मिश्रले हस्ताक्षर गरेका छन् ।
महासंघले प्राप्त गरेको लिजको जग्गा एसोसिएशनले पार्किङको लागि कब्जा गर्न खोज्दा गत साउन २७ गते दुवै पक्षबीच झडप भएको थियो । सो क्रममा केही पत्रकार घाइतेसमेत भएका थिए ।
टिप्पणीहरू