जनआस्थामा कालापानीको कुरा उठ्नासाथ दिल्लीले किन दुखायो नेपालीको दिल ?
चिनियाँ राष्ट्रपति सि जिनपिङ सिजाङ (तिब्बत) स्वायत्त प्रदेशको ६०औं स्थापना दिवस कार्यक्रमका लागि हिजो दिउँसो प्रदेश राजधानी ल्हासा पुगेकै बेलुकी भारतले नेपाली भूमि लिपुलेकबारे मिडियामा उठेका प्रश्नहरुको हवाला दिँदै पुरानो दावी फेरि पेश गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मिडिया रिपोर्टहरुको खण्डनस्वरुप निकालेको विज्ञप्तिमा नेपालले लिपुलेकलाई कृत्रिम र एकपक्षीय ढंगबाट आफ्नो भनी दावी गरेको कुरा मान्य नहुने उल्लेख छ । भारतले नेपालको दावी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको पनि जनाएको छ ।
जनआस्थाले साउन २८ गते (बर्ष ३१,अंक २३) को छापा सँस्करणमा "कालापानी कता हरायो त कमरेड ?" शीर्षक समाचार प्रकाशनमार्फत नेपाल सरकार र सबै सम्बध्द पक्षलाई प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणका क्रममा यसबारे कडाइका साथ कुरा उठाउन आग्रह गरेको थियो । यसैबीच ल्हासामा आयोजित विशेष कार्यक्रमलाई चिनियाँ राष्ट्रपति सि जिनपिङले भर्खरै सम्बोधन गरेका छन् ।
ल्हासामा चीनको विशेष कार्यक्रम शुरु हुनुअघि भारतले त्रिदेशीय नाकाबारे विज्ञप्ति जारी गरेर क्षेत्रीय राजनीतिमा तरंग ल्याइदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिममा भारत र भदौ तेस्रो साता चीन जाँदै हुनुहुन्छ । अघिल्लो पटक प्रधानमन्त्री हुँदा चुच्चे नक्सा जारी गरेर लिपुलेक वरपरको भाग नेपालको भनी दावी गर्नुभएका ओलीको आगामी भ्रमणअघि भारतले जारी गरेको विज्ञप्ति अर्थपूर्ण छ ।
यता नेपाल सरकारले पनि हिजो साँझ विज्ञप्ति जारी गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको जनाएको छ । नेपालले संविधानमा समाविष्ट आधिकारिक नक्साले त्यसलाई पुष्टि गरिसकेको स्पष्ट पारेको छ ।
जनआस्थाले साउन २८ गते (बर्ष ३१,अँक २३) को छापा सँस्करणमा "कालापानी कता हरायो त कमरेड ?" शीर्षक समाचार प्रकाशनमार्फत नेपाल सरकार र सबै सम्बध्द पक्षलाई प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणका क्रममा यसवारे कडाइका साथ कुरा उठाउन आग्रह गरेको थियो ।
भारतले लिपुलेक नाकामार्फत् भारत–चीनबीचको सीमा व्यापार सन् १९५४ देखि चल्दै आएको र कोभिड तथा अन्य कारणबस हालका वर्षमा अवरुद्ध भएकाले व्यापार पुनः सुरु गर्ने सहमति भएको जनाएको छ ।
नेपालले भारतलाई सो क्षेत्रमा भौतिक निर्माणलगायत कुनै पनि कार्य नगर्न पटक–पटक आग्रह गर्दै आए पनि भारतले टेरेको अवस्था छैन । नेपालले चीनलाई समेत सो भूभाग नेपालकै हो भन्ने जानकारी गराइसकेको परराष्ट्र मन्त्रालयले स्मरण गराइसकेको जनाएको छ ।
भारत–चीनबीच लिपुलेकमार्फत व्यापार खोल्ने सहमति नयाँ दिल्लीमा विदेशमन्त्री वाङ यी र एस जयशंकरबीच भएको वार्तापछि जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ९ मा लिपुलेक, नाथुला नाका हुँदै सीमा व्यापार पुनः शुरु गर्ने व्यहोरा उल्लेख छ ।
नेपालले यसअघि सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणताका लिपुलेकबाट व्यापार गर्ने सहमति भएपछि आपत्ति जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो । तर भारतले सो क्षेत्रमा बनाएको सडकको रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीबाटै रिमोट दबाएर उद्घाटन गरिदिए ।
टिप्पणीहरू