शैक्षिक सुधारका लागि कठोर हुन माओवादी सांसदको प्रस्ताव
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि शिक्षाको स्थिति भने अजै पनि दयनीय रहेको टिप्पणी गरेकी छन् ।
आज सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तो धारणा राखेकी हुन् । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गैसक्दा पनि शैक्षिक क्षेत्रको अवस्था नाजुक रहेको सांसद बस्नेतको गुनासो छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुँदापनि शिक्षाको क्षेत्रमा धेरै प्रगति गर्न सकेनौँ । शिक्षाको क्षेत्रमा धेरै समस्या हाम्रो अगाडि खडा भए । जसको कारणले आज झन्डै हाम्रो देश आज जसरी अघि बढ्नुपर्ने हो त्योअनुसार बढ्न सकेन’, उनले भनिन्, ‘शिक्षालाई अघि बढाउने शिक्षा विधेयकले महत्वपूर्ण भुमिका निर्वाह गरोस् । शिक्षा क्षेत्रमा जग बलियो खडा गरौँ भनेर हामी लाग्यौँ ।’
सांसद बस्नेतले सार्वजनिक शिक्षा सुधारका लागि राज्यबाट सेवा सुविधा र तलव लिनेहरुका सन्तानलाई सरकारी विद्यालयमा भर्ना गर्ने बाध्यकारी कानुन बनाउनुपर्नेमा जोड दिएकी छन् ।
टिप्पणीहरू