भूमि विधेयकमा माओवादी र रास्वपाको फरक मत

भूमि विधेयकमा माओवादी र रास्वपाको फरक मत

भूमिसम्बन्धी विधेयक संसदीय समितिबाट पारित भएको छ । आज बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले बहुमतका आधारमा विधेयक पास गरेको हो । 

प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीले भने ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी गरेका छन् । विधेयकमा रहेका केही प्रवाधानमाथि थप छलफल गर्न आवश्यक देखिए पनि सत्तापक्षले संख्याको बलमा हत्तपत्त पारित गरेको उनीहरुको निष्कर्ष छ । 

यसअघि विधेयक प्रतिनिधि सभामा पेश गर्ने तयारी भए पनि नेपाली कांग्रेसको एउटा पक्षले असन्तुष्टि जनाएपछि कार्यसूचीबाट हटेको थियो । अब समितिले दफावार छलफल सकाएर विधेयकको अन्तिम प्रतिवेदन तयार पारेको हो । 

प्रतिवेदनमा माओवादी र रास्वपाको फरक मत पनि समावेश गरिने बताइएको छ ।

टिप्पणीहरू