तत्काल कवाड नहटाउनू : उच्च अदालत
उच्च अदालत पाटनले तत्काल कवाड व्यवसायी नहटाउन काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले यस्तो आदेश दिएको हो । सात दिनभित्र कवाड व्यवसाय हटाउन महानगरको वडा नम्बर ५ को कार्यालयद्वारा गत असार २३ गते प्रकाशित सूचनाविरुद्ध माँ राजदेवी ट्रेडर्सले अदालतमा रिट निवेदन दर्ता गराएको थियो ।
आदेशमा भनिएको छ, ‘रिट निवेदकलाई काठमाडौं महानगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालयबाट मिति २०८२–०३–२३ मा सात दिनभित्र कवाडी हटाउने निर्णयमा पत्र प्रेषित आएको देखिएकोमा उक्त कार्य तत्काल नगर्नु नगराउनु भनी मुलुकी देवानी संहिता, २०७४ को दफा १५८ (२) बमोजिम अल्पकालीन अन्तरिम जारी जारी गरिदिएको छ ।’ साथै, भदौ ९ गते दुवै पक्षलाई छलफलका निम्ति बोलाइएको छ ।
टिप्पणीहरू