काठमाडौंमा लामखुट्टे सखाप अभियान

काठमाडौंमा लामखुट्टे सखाप अभियान

काठमाडौं महानगरपालिकाले डेंगी नियन्त्रणका लागि एकदिने ‘मेगा अभियान’ सञ्चालन गर्ने भएको छ । महानगरले भोलि ‘वेट एण्ड एक्ट’ नामक अभियान सुरु गर्ने जनाएको छ । अभियानको थालनी बिहान ८ बजे राष्ट्रिय सभागृहमा हुनेछ ।

महानगर स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले सबै विभाग प्रमुखलाई अभियानमा अनिवार्य उपस्थित हुन आग्रह गरेका छन् । उनका अनुसार अभियानअन्तर्गत लामखुट्टे बस्ने स्थान नष्ट गर्ने, माइकिङ गर्ने र नगरबासीलाई सचेत बनाउनेजस्ता कार्यक्रम गरिनेछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि साउन महिनालाई ‘डेंगी रोग सचेतना महिना’का रूपमा मनाउने निर्णय गरेको थियो । सोहीअनुरूप काठमाडौं महानगरसहित अन्य पालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
 

टिप्पणीहरू