लुम्बिनीका छ जिल्लामा पर्सि बिदा

लुम्बिनीका छ जिल्लामा पर्सि बिदा

लुम्बिनीका प्रदेश १२ मध्ये छ जिल्लामा आइतबार सार्वजनिक बिदा दिइएको छ ।  

थारु समुदायले मनाउने बडा अत्तवारी पर्वका अवसरमा प्रदेश सरकारले बिदा दिएको हो । थारु समुदायको अधिक बसोबास रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा बिदा दिने निर्णय भएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी गराएको छ । 

‘प्रदेश राजपत्रको मिति २०८१–१२–२१ मा प्रकाशित सूचनाबमोजिम मिति २०८२–०५–०८ गते आइतबारका दिन बडका अत्तवारी पर्वका अवसरमा दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन्छ’, मन्त्रालयको सूचनामा उल्लेख छ ।
 

टिप्पणीहरू