विनोद चौधरीका खास मान्छे पक्राउ

विनोद चौधरीका खास मान्छे पक्राउ

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे पक्राउ परेका छन् । सरकारी कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका उनलाई राजधानी कोलम्बोको फोर्ट अदालतमा पेश गरिँदै छ ।

सन् २०२३ सेप्टेम्बरको बेलायत भ्रमणताका राज्यकोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन् । क्युबाको राजधानी हवानामा भएको कार्यक्रममा भाग लिएर सेप्टेम्बर महिना फर्कंदै गर्दा उनी बेलायतको राजधानी लण्डनमा रोकिएर विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

श्रीमतीको यात्रा खर्चदेखि किनमेल सबै राज्यकोषबाट व्यहोरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

श्रीमतीको यात्रा खर्चदेखि किनमेल सबै राज्यकोषबाट व्यहोरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी श्रीलंकाका नवौं राष्ट्रपति हुन् । सन् २०२२ को जुलाईमा गोटाबाया राजपाक्षेले राजीनामा दिएपछि बाँकी कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारीमा नियुक्त भएका थिए । गत वर्षको निर्वाचनमा पराजित भए ।

विक्रमासिंघे श्रीलंकामा छ पटक प्रधानमन्त्री बने । गत माघमा विनोद चौधरीको निम्तोमा भुटान हुँदै नेपाल आएका थिए । काठमाडौंमा चौधरीको निजी होटल भिभान्तामा बसेका विक्रमासिंघे दम्पतिको लुम्बिनी र चितवन यात्राको व्यवस्थापन चौधरीले  नै गरेका थिए । श्रीलंकामा चौधरीको व्यवसाय विस्तारमा उनको योगदान रहेको बताइन्छ । कतिपय व्यवसायमा विक्रमासिंघे र चौधरीको साझेदारी रहेको आकलन छ ।

टिप्पणीहरू