एमाले अफिसमा पानी छिरेपछि पार्टी प्रवेश प्रभावित

एमाले अफिसमा पानी छिरेपछि पार्टी प्रवेश प्रभावित

नेकपा एमालेको च्यासलस्थित केन्द्रीय कार्यालय जलमग्न भएको छ । दिउँसो एकैछिनको वर्षाले एमाले अफिस डुबानमा परेको हो । 

पानी एमाले केन्द्रीय कार्यालयको पहिलो तलासम्म पुगेको बताइएको छ । पार्टी प्रवेश कार्यक्रमको लागि मुख्यालय पुग्नुभएका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गाडी जलमग्न सडकमा परेको छ । 

त्यहाँ विभिन्न दल त्याग गरेका नेताहरुलाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको बुझिएको छ ।
 

टिप्पणीहरू