गोकर्णेश्वरमा भक्तजनको भीड, घर घरमा बाबुको मुख हेर्ने चहलपहल

गोकर्णेश्वरमा भक्तजनको भीड, घर घरमा बाबुको मुख हेर्ने चहलपहल

भाद्रकृष्ण औँसीका दिन आज दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्डदान गर्न काठमाडौंको गोकर्णेश्वर धाममा बिहानैदेखि हिन्दु धर्मावलम्बीहरुको भीड लागेको छ । गोकर्णेश्वरमा भीड बढेपछि सुन्दरीजल–जोरपाटी र बाग्मती कोरिडोर हुँदै गुड्ने सवारीसाधनलाई बिहानैदेखि निषेध गरिएको छ । 

आजका दिन हिन्दू धर्मावलम्बीसँगै बौद्ध धर्मावलम्बी पनि गोकर्णेश्वरमा उपस्थित हुने गर्छन् । पछिल्लो वर्ष पिताको निधन भएका बौद्धमार्गीले यहाँ श्राद्ध र पूजा गर्ने प्रचलन छ । 

आजको दिनलाई गोकर्णे औँसी पनि भनिन्छ । धार्मिक कार्यका लागि आवश्यक कुश घर भित्र्याउने भएकाले ‘कुशे औँसी’ पर्व पनि भन्ने गरिन्छ । त्यसैगरी बाबुलाई मीठा भोजन अर्पण गरी ‘बाबुको मुख हेर्ने दिन’ देशभर मनाइँदैछ ।

टिप्पणीहरू