प्रधानमन्त्रीको फोटो टाँसेपछि लुट्न छुट ?

प्रधानमन्त्रीको फोटो टाँसेपछि लुट्न छुट ?

राजधानीमा जारी नाडा अटो शोमा खुलेआम ठगी भएको जनगुनासो छ । सामान्यतयाः अटो शोमा उपभोक्ताले सस्तोमा सामान पाउँछन् । तर इन्डिज आइस्क्रिम स्टलमा सामान एमआरपीभन्दा दोब्बर मूल्यमा बिक्री गरिएको र उपभोक्तालाई खरिद गर्दा बिलसमेत नदिइएको पाइयो ।

स्टल सञ्चालकका अनुसार ‘स्टलको लागि एक लाख रुपैयाँ भाडा तिर्नुपरेकोले मूल्य बढाउनुपरेको हो ।’ तर २०० रुपैयाँको टिकट काट्ने सर्वसाधारणलाई यस्तो कारण देखाएर दोब्बर मूल्य लिने काम जायज भएन भन्ने सुनिएको छ ।

उक्त प्रदर्शनीस्थल सिंहदरबार र काठमाडौं महानगरपालिका कार्यालयदेखि करिब २०० मीटरको दूरीमा छ । तर,खुल्लमखुल्ला भैरहेको यस्तो भाउ कसिकसाउप्रति सरोकारवाला निकाय मौन देखिएका छन् । आयोजकमा प्रधानमन्त्रीको फोटो टाँसेपछि जे गरे पनि हुन्छ भन्ने मानसिकताले काम गरेको अनुमान लगाउन सकिन्छ ।

अटो शोको उद्घाटनमा शक्तिशाली ड्रोन ल्याएर फ्लाइङ कार भन्दै प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाइएको थियो ।

टिप्पणीहरू