पूर्व मुख्यसचिवविरुद्ध अख्तियार पुनरावेदनमा

पूर्व मुख्यसचिवविरुद्ध अख्तियार पुनरावेदनमा

अन्तःशुल्क स्टिकर छपाईमा भएको भ्रष्टाचारमा पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालसहितलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन गरेको छ । सर्वोच्च अदालत पुगेको अख्तियारले अर्याललाई दिइएको सफाइप्रति असहमति जनाएको हो ।

अर्याल सञ्चार सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार भएको जनाउँदै २०८१ असार ९ गते अख्तियारले उनीसहित १२ जनाविरुद्ध जनही ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतको ०८१ मंसिर १३ गतेको फैसलाले पूर्वमुख्यसचिव अर्यालसहित नौ जनालाई आंशिक ठहर गर्दै सफाइ दिएको थियो । उक्त फैसलाप्रति चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा आज पुनरावेदन दर्ता गराएको हो ।

टिप्पणीहरू