जिबी राईका जेठान धरौटीमा रिहा

जिबी राईका जेठान धरौटीमा रिहा

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजनलाई धरौटीमा छाड्न आदेश भएको छ । 

जिल्ला अदालत कास्कीका न्यायाधीश शंकरकुमार राईको इजलासले १० लाख धरौटी लिएर रिहा गर्न आज आदेश दिएको हो । प्रहरीको फरार सूचीमा रहेका बमजन आज सुटुक्क अदालतमा हाजिर भएर बयान दिएका थिए । 

उनको तर्फबाट तीनजना अधिवक्ताले बहस गरेको जिल्ला अदालतका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए । ‘उहाँले आज इजलासमा उपस्थित भएर बयान दिइसक्नुभएको छ, बहस पनि सकिसक्यो, १० लाख धरौटीमा छाड्न आदेश आएको छ’, उनले जनआस्थासँग भने । 

बमजन सहकारीको अध्यक्ष रहेको बेला एक करोड ५४ लाख रकम अपचलन भएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सहकारी ठगीका मुख्य नाइके गितेन्द्रबाबु (जिबी) राई र यिनी नाताले जेठान-ज्वाइँ हुन् । बमजनकी बहिनी भगवती जिबीकी श्रीमती हुन् ।

बमजनले अदालतमा आत्मसमर्पण गर्दा जिबीको भने अहिलेसम्म पत्तो छैन । सहकारीको अबौँ रकम अपचलन गरेर फरार भएका उनी लामो समयदेखि मेलिसियामा छन्।

टिप्पणीहरू