वनभोज रेडियोको, गाडी सबै मन्त्रालयको

वनभोज रेडियोको, गाडी सबै मन्त्रालयको

रेडियो काठमाडौंले आयोजना गरेको वनभोज तथा तीज कार्यक्रममा कर्मचारी ओसार्न शहरी विकास मन्त्रालयको गाडी प्रयोग गरिएको तथ्य खुलेको छ । गत शुक्रबार जर्सिङ पौवास्थित एक रिसोर्टमा भएको कार्यक्रममा मन्त्रालयको बा २ झ १६१० नम्बरको गाडीले रेडियोका कर्मचारीलाई ल्याउने–लैजाने काम गरेको बताइन्छ । 

शहरी विकासमन्त्री प्रकाशमान सिंहका प्रमुख स्वकीय सचिव युपि लामिछानेमाथि गाडीक दुरुपयोगको आरोप लागेको छ । उनी उक्त रेडियोका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत हुन् ।

त्यो बाहेक, लामिछानेले प्रयोग गर्दै आएको र मन्त्रालयका अन्य गाडीहरू पनि रेडियो काठमाडौंको पाहुना बोकेर सो कार्यक्रममा पुगेका थिए । रेडियोका कर्मचारीलाई ओसार्न मन्त्रालयका गाडी पठाएकाले गाडीको फोटो नखिच्न मौखिक सर्कुलर भएको पिकनिकमा सहभागी एकजनाले बताए । 

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयरसहित अन्य राजनीतिक व्यक्तिहरूको पनि सहभागिता थियो ।

टिप्पणीहरू