ऋषि पञ्चमीसँगै सुदूरपश्चिममा गौरा पर्व प्रारम्भ
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज देशभर पूजाआराधनासहित मनाइँदैछ । हिन्दू महिलाहरूले आज सप्तऋषिसहित अरुन्धतीको पूजा गर्ने परम्परा छ । काठमाडौँलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ ।
आजैदेखि सुदूरपश्चिमको मौलिक पर्व गौरा पनि औपचारिक रुपमा शुरु भएको छ । आज ब्रतालु महिलाले पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौरादेवीको पूजा गर्ने चलन छ । त्यसैले आजका दिनलाई बिरुडा पञ्चमी भनिन्छ । यो पर्वमा महिलाले श्रीमान् तथा परिवारको दीर्घायु र समृद्धिको कामना गर्ने चलन छ ।
सुदूरपश्चिमका गाउँघरमा देउडा खेल्ने परम्परा आजैदेखि शुरु हुन्छ ।
टिप्पणीहरू