आशिका आपराधिक उपद्रवमा संलग्न
आफूलाई सामाजिक अभियन्ता भन्दै आएकी आशिका तामाङ आपराधिक उपद्रवको मुद्दामा दोषी ठहर भएकी छन् । भक्तपुर जिल्ला अदालतले आज उनलाई सो कसुरमा पाँच दिन कैद र पाँच सय रुपैयाँ जरिवानाको सजाय तोकेको हो ।
न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले तामाङलाई दोषी ठहर गरेको अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् ।
सूर्यविनायक नगरपालिका क्षेत्रअन्तर्गत साँगास्थित झोलुंगे पुलमा अवरोध पुर्याएको र त्यहाँ राखिएको सूचना च्यातेको आरोपमा नगरपालिकाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो।
टिप्पणीहरू