छोरी जन्मिएलगत्तै माननीय सरिताको निधन
लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ। मुटु रोगबाट पीडित उहाँको उपचारका क्रममा आज बेलुका काठमाण्डौको शिक्षण अस्पताल,महाराजगञ्जमा निधन भएको हो ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १० माइतीघर र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ३ खदी घर भएकी पुनले चार साताअघि छोरीलाई जन्म दिनुभएको थियो ।
मुटुको भल्भमा समस्या भएपछि केही वर्षअघि शल्यक्रिया गरिएको थियो । उहाँ नेकपा (एमाले) बाट लुम्बिनी प्रदेश सभामा प्रतिनिधि हुनुहुन्थ्यो ।
टिप्पणीहरू